कोशी कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा शुरु

कोशी कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा शुरु

विराटनगर । प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ ।
कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दान गर्नुभएको छ ।

प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थपगर्दै लगेको छ । अस्पतालमा आईसियु, भेन्टिलेटर र आईसोलेसन गरि ८० वटा वेड अहिले सञ्चालनमा रहेको व्यवस्थापक ज्ञानबहादुर वस्नेतले बताउनुभयो । कोभिड अस्पतालमा लक्षण सहितका संक्रमितको उपचार हुने गरेको छ । अस्पतालबाट आजसम्म ४६१ जना डिस्चार्ज भएका छन् । ६२ जना अहिले उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्