पब्लिक स्टार बहुउदेश्य सहकारी संस्थाको साधारणसभा सम्पन्न

<span class='c1'>पब्लिक स्टार बहुउदेश्य सहकारी</span> <span class='c2'>संस्थाको साधारणसभा सम्पन्न</span>

२०५९ सालमा स्थापना भएको पब्लिक स्टार बहुउदेश्य सहकारी संस्थाले आफ्नो १८ औं स्थापना दिवस तथा साधारण सभा सम्पन्न गरेको छ ।
पाँच सय जना शेयर सदस्य रहेको संस्था मा करिब दुई करोड सत्तरी लाख बचत तथा ६ करोड को कारोबार रहेको र संस्था सबल रूपमा सञ्चालन मा रहेको जानकारी साधारण सभामा दिइयो । विराटनगर लाई कार्य क्षेत्र बनाएर सञ्चालनमा रहेको संस्था ले आफ्ना शेयर सदस्य हरु लाई स्वावलम्बी बनाउन बिशेष पहल गरिरहेको र यसमा संस्था सफल रहेको संस्थाका अध्यक्ष उद्धव पोखरेलले आवर विराटनगरलाई जानकारी दिए ।
संस्थाले हरेक वर्ष प्रदान गरिन् रुद्र प्रसाद जानुका देवी स्मृति छात्रवृत्ति मोरङ अमरदहको रत्न प्राविका कक्षा एक देखि पाँच सम्म का प्रथम द्वितीय तथा तृतीय हुने विद्यार्थी लाई प्रदान गरियो । त्यसै गरी विराटनगर १२ का बखरी प्रारम्भीक विद्यालय का कक्षा एक देखि सात सम्मका प्रथम द्वितीय तथा तृतीय हुने विद्यार्थी लाई प्रदान गरिएको थियो ।
कार्यक्रम का प्रमुख अतिथि पूर्व आपूर्ति मन्त्री तथा हालका संघीय सभाका सांसद माननीय शिव कुमार मण्डल रहनु भएको थियो भने विशिष्ट अतिथिमा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय उपाधयक्ष रमेश पोखरेल रहनु भएको थियो ।
साधारण सभामा वक्ताहरुले सहकारीले सामान्य व्यक्तिको जीवनमा ल्याउने परिवर्तन उद्यमशीलता कृषि सहकारी लगायतका विषयमा चर्चा गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष डा उद्धव पोखरेलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्