कोरोना भाइरसको सङ्क्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका धर्मदेवी नगरपालिका –३ का ८० वर्षीय पुरुषको शनिवार मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार शनिवार अपराह्न १ बजे उनको मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेशनमा बसेका थिए । सङ्क्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् ।