प्रबिन दाहाल
काठ्मान्डौ जेठ २५
यो वर्ष कम पानी पर्ने देखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरैजसो ठाउँमा मनसुनी वर्षा सरदर कम हुने प्रक्षेपण गरिएको छ । सुदूर पूर्व र सुदूर पश्चिम बाहेका ठाउँमा सरदर पानी कम पर्ने देखिएको हो । सामान्यतया जुन १० अर्थात बुधबारदेखि मनसुन सुरु हुनुपर्ने भएपनि केही दिन ढिलो हुने भएको छ । बंगालादेशमा मनसुनको गतिविधि सुरु भएपनि अरेवियन सागरमा सक्रिय खालको न्युनचापीय क्षेत्र विकास भएकाले मनसुनीय वायुले गति लिन नसकेको महाशाखाले जनाउका छ । हरेक वर्षजसो फेरबदल भैरहने मौसमी प्रक्रिया र जलवायु परिर्वतनका कारण पानी कम पर्ने सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् । तर केही पकेट क्षेत्रमा मुसलधारे पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै छ ।