विराटनगरका विपन्नलाई राहत र बालबालिकालाई नयाँ कपडा सहयोग

<span class='c1'>विराटनगरका विपन्नलाई राहत र</span> <span class='c2'>बालबालिकालाई नयाँ कपडा सहयोग</span>

"हाम्रो नेपाल, स्वस्थ नेपाल" संस्थाले विराटनगरमा रहेका विपन्न वर्गलाई राहत सामाग्री तथा बालबालिकाहरुलाई नयाँ कपडा सहयोग गरेको छ । "दौतरी-फ्रेन्ड्स फर फ्युचर" सँगको सहकार्यमा संस्थाले विराटनगरको जहदा क्षेत्रमा रहेका ११० विपन्न परिवारका सदस्यहरुलाई राहत तथा ६५ बालबालिकाहरुलाई नयाँ कपडा वितरण गरेको हो । राहतमा दाल, चामल, नुन, तेल, सोयाबिन र साबुनलगायतको सामाग्री हस्तान्तरण गरिएको संस्थाको अध्यक्ष उत्सव यादवले जानकारी दिनु भयो । सो क्षेत्रका १८० परिवारमा सहयोग गर्ने योजना रहेको बताउदै उहाँले बाँकि ६० परिवारलाइ चाँडै सहयोग उपलब्ध गराउने जानकारी दिनु भयो ।
वडा दशैंको समयमा कुनै परिवारको घरमा खुसीको कमी नहोस भन्दै सहयोग गरिएको अध्यक्ष यादवले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्