होम आइसोलेशनमा ६ को मृत्यु

<span class='c1'>होम आइसोलेशनमा ६</span> <span class='c2'>को मृत्यु</span>

सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा शुक्रबार बिहान ती महिलाको होम आइसोलेशनमै मृत्यु भएको हो ।
भक्तपुरमा अहिलेसम्म होम आइसोलेशनमा रहेका ६ कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताउनुभयो । त्यस्तै भक्तपुर अस्पतालमा कोरोना संक्रमित ७९ वर्षीय एक पुरुषको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । भक्तपुर नगरपालिका–१ चुनदेवी बस्ने पुरुषमा गत असोज २३ गते कोेरोना संक्रमण पुष्टि भएको थियो । दुवै शव नेपाली सेनाको टोलीले शुक्रबार व्यवस्थापन गरेको छ । भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु भएको मिजारले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्