विराटनगरमा खुल्यो ओल्ड टाउन रेष्टुरेन्ट

<span class='c1'>विराटनगरमा खुल्यो ओल्ड</span> <span class='c2'>टाउन रेष्टुरेन्ट</span>

विराटनगर । लकडाउन र कोरोना भाईरस संन्त्रासका कारण थलिएको होटल तथा रेस्टुरेन्ट व्यवसायमा पुनः लगानी आकर्षित हुन थालेको छ ।
लकडाउन हटेसँगै जुर्मुराउन थालेको होटल तथा रेष्टुरेन्ट व्यवसायमा नयाँ लगानी समेत थपिन थालेको हो । त्यही क्रममा विराटनगर ९ जहदा रोडमा ओल्ड टाउन रेष्टुरेन्ट सोमबारबाट सञ्चालनमा आएको छ।

विराटनगरका तीन युवा आशिक प्रधान, रिदम घिमिरे र अनुराग साहको लगानीमा नयाँ रेष्टुरेन्ट सुरु भएको हो।

पारिवारिक वातावरणमा युवा पुस्ता र परिवारलाई ध्यानमा राखेर रेस्टुरेन्ट मा विभिन्न इन्डियन, चाइनिज, कन्टिनेन्टल खानाहरु उपलब्ध हुने जानकारी रेष्टुरेन्टका सञ्चालक आशिक प्रधानले जानकारी दिए।

कोरोना भाइरसको जोखिम रही रहेको कारणले सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाई ग्रहाकहरु लाई सेवा दिने प्रधानले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्