विराटनगर । तिहार तथा छैठ पर्वमा पड्काउने गरि भारतबाट नेपाल भित्र्याइएको कोब्रा किङ्ग र टर्की पटाका प्रहरीले मोरङ सुनवर्सी नगरपालिका–८ बाट पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीको गस्ती टोलिले ७ बण्डल कोब्रा (३५० प्याकेट) र ३ बण्डल टर्की (१५० प्याकेट) नियन्त्रणमा लिइएको हो ।
सुनबर्सीको रन्ना टोलमा भारतबाटै अवैध रुपमा भित्र्याइएको पटाका नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । प्रहरीले शनिबार राती पटाका नियन्त्रणमा लिइएको थियो ।