विराटनगर । बिराटनगर महानगरपालिका १६ स्थित दक्षिण गेटमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको पिकेट टोलीले लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिइएको छ ।
सुनसरी बराहक्षेत्र नगरपालिका २ घर भई हाल बिराटचौक बस्ने बर्ष १४ को डम्बर बहादुर कुमरलाई चेकजाँच गर्दा लागुऔषध फेला पारिएपछि नियन्त्रणमा लिइएको हो ।
बालकको साथबाट एभिल–७, लुपिजेसिक–७, फेनारगन–६, डाइजेपाम–६ गरी जम्मा २६ एम्पुल लागु औषध बरामद गरिएको हो ।
बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । उनलाई कसैले भरिया बनाएर लागुऔषध बोकाएको हुनसक्ने भन्दै प्रहरीले विस्तृतमा अनुसन्धान गरिरहेको हो ।