घुर बाल्दा गाईगोठमा आगलागी

<span class='c1'>घुर बाल्दा</span> <span class='c2'>गाईगोठमा आगलागी</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिका ३ बाङ्गेबजार टोल बस्ने शिबचन यादबको गाईगोठमा आइतबार बिहान आगलागी भएको छ । लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्कदाँ जस्ताको छाना, काठ र बाँसको बेरा गरेको १ तले गाईगोठमा क्षति पुगेको हो ।

यादवको गाईगोठमा भएको आगलागीबाट अन्दाजी ७० हजार रुपैँया क्षति पुगेको भएपनि मानविय तथा चौपायामा क्षति नभएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । अस्थायी प्रहरी चौकी बतौनाको टोलिले आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट साईकल थान २ र गाईगोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्