विराटनगर । सामाजिक विकास मन्त्रालय र नागरिक सामाजको सयुत्तm लगानीमा कोरोना संक्रमितको उपचारका निम्ति बन्दै गरेको कोभिड–१९ उपचार केन्द्र विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ ।
विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र रहेको खाली संरचनामा अस्पतालको निमार्ण कार्य अन्तिम चरणमा पुगेको हो ।
प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा विस्तार भईरहेको कोभिड अस्पतालको हालसम्म ७५ प्रतिशत निमार्ण कार्यहरु सम्पन्न भईसकेका छन् ।
बिजुलीबत्ती तथा शुद्ध खानेपानी जडान, पुर्वाधार व्यवस्थापन, स्वास्थ्य उपकरण खरिद र ग्राउण्ड क्लियरेन्स लगायतका कार्यहरु मात्र बाँकी रहेको नागरिक केयर सेन्टरका विज्ञ तथा ईन्जिनियर रन्जित राज बस्नेतले जानकारी दिनुभयो ।
नागरिक समाज र सामाजिक विकास मन्त्रालयले निर्माण गरेको नागरिक केयर सेन्टरको ७५ प्रतिशत काम सकिसकेको बस्नेतले बताउनुभयो ।
पछिल्लो समय लक्षणसहितका बिरामीहरु बढदै गईरहेकाले प्रदेश सरकारले आईसियु, भेन्टिलेटर र अक्सिजन लगायतका आवश्यक स्वास्थ्य पुर्वाधारहरु सहितको अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।
हाल प्रदेश सरकारको १ करोड र नागरिक केयर सेन्टरको १ करोड ५० लाखको सहयोगमा अस्पताल विस्तारको कार्य धमाधम भईरहेको र तिहार अगावै अस्पताल सञ्चालनमा ल्याउने प्रदेश सरकारको तयारी गरिरहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
अस्पताल सञ्चालनका निम्त्ति आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न २ दिनभित्रै प्रदेश सरकारका तर्फबाट नागरिक केयर सेन्टरलाई थप १ करोड प्रदान गरिने तयारी रहेको प्रदेश नं। १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।
३५ वटा एच।डी।यु र ६५ वटा जेनरल आईसियु बेडसहित विस्तार भईरहेको अस्पतालमा लक्षणसहितका गम्भीर प्रकृतिका बिरामीहरु मात्र भर्ना गरिने प्रदेश नं। १ का सामाजिक विकास मन्त्रालयले जनाएको छ। अस्पताल सञ्चालनमा आईसकेपछि दक्षिणतर्फको खाली भवनमा पनि थप १ सय शैयाको कोभिड अस्पताल सञ्चालन गर्ने प्रदेश सरकारको योजना रहेको मन्त्री घिमिरेको भनाई छ ।
उहाँले भन्नुभयो, ‘अबको महिना दिनभित्रै प्रदेश नं। १ को राजधानी विराटनगरमा आवश्यक स्वास्थ्य पुर्वाधारहरु सहित ३ सय बेड क्षमताको कोभिड अस्पताल मार्फत सेवा प्रवाह गर्ने तयारी गर्दैछौं ।’ हाल प्रदेश सरकारले सञ्चालन गरेको १ सय शैयाको कोभिड–१९ उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र २० वटा अक्सिजन बेड मार्फत सेवा प्रवाह भईरहेको छ ।