बिराटनगरको औषधी पसलका कर्मचारी लागुऔषधसहित पक्राउ

<span class='c1'>बिराटनगरको औषधी पसलका</span> <span class='c2'>कर्मचारी लागुऔषधसहित पक्राउ</span>

बिराटनगर । भारतबाट चिनी बोकेको झोलामा लुकाएर नेपाल भित्र्याउँदै गरेको लागुऔषधसहित एकजना अस्पतालका कर्मचारीलाई सशस्त्र प्रहरी बलले विराटनगरमा नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरीबाट दरैयामा खटेको सहायक प्रहरी निरीक्षक बिनोद मन्डलको टोलि र लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश १ को संयुक्त टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका परेका व्यक्ति बिराटनगर १४ बस्ने वर्ष ३२ को दयाराम यादव हुन् । यादवले आफ़ुलाई बिराटनगरको एक अस्पतालमा कार्यरत कर्मचारी रहेको दावी गर्दै आएका छन् । उनले चिनीको झोलामा डाईलेक्स डिसी १ सय एम.एल. को १५ सिसी लुकाएर ल्याएका थिए ।
नियन्त्रणमा परेका उनलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी लागुऔषध नियन्त्रण ब्युरोलाई जिम्मा दिएको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार उनी विरुद्ध अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ । यादव अस्पताल चौकमा रहेको गोल्डेन अस्पतालमुनी सञ्चालित प्रथम फार्मेसीको कर्मचारी रहेको खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्