बिनु तिम्सिना
बिराटनगर जेठ २९
निल डेभिड क्रिकेट क्लब विराटनगर, विराटनगरमा जारी क्षेत्रीयस्तरको ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत भएको अन्तिम आठको खेलमा इष्टर्न इन्जिनियरिङ कलेज विराटनगरलाई ६६ रनले पराजित गर्दै निल डेभिडले अन्तिम चारको यात्रा तय गरेको हो । विराटनगरको शहिद रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको निल डेभिडले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रनको योगफल बनाएको थियो । निल डेभिडका लागि कुन्दन सिंहले ३६ बलमा सर्वाधिक ५९ रन र राहुल शर्माले ४० बलमा २१ रन जोडेका थिए । लक्ष्य पछ्याउने क्रममा इष्र्टन इन्जिनियरिङ कलेजले १८ ओभरमा सवै विकेट गुमाउँदै ७८ रन बनायो । इष्र्टनका लागि प्रेमनाथ सिंहले २० रन बनाए । खेलमा ३ विकेट र अर्धशतक बनाएका निल डेभिडका कुन्दन सिंह प्लेयर अफ दि म्याच भए । मोरङ, झापा र सुनसरीका ८ टोली सम्मिलित प्रतियोगितामा भोली के.के.आर क्लब विराटनगरले पूर्वाञ्चल एकेडेमीको सामना गर्नेछ ।