पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९ जनाको मृत्यु

<span class='c1'>पछिल्लो २४ घण्टामा प्रदेश १</span> <span class='c2'>मा  ९ जनाको मृत्यु</span>

विराटनगर । प्रदेश १ मा सोमबार मात्रै ९ जनाको मृत्यु भएको छ । जसमध्ये विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचाररत सात जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना संक्रमितको मृत्यु भएको हो ।
विराटनगरको नोबेल मेडिकल कलेजमा ३, विराट नर्सिङ होममा २, विराट मेडिकल कलेजमा १, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु छ ।

मोरङको रतुवामाई नगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा कोशी कोभिड अस्पतालमा मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार सोमबार बिहान ६ः४५ बजेतिर उनको मृत्यु भएको हो । कात्तिक १८ गते कोरोना पुष्टि भएका उनमा श्वासप्रश्वासको समस्या थियो ।

विराटनगरकै नोबेल मेडिकल कलेजमा इलाम मंगलबारेका ६५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मधुमेह र फोक्सो सम्बन्धी समस्या रहेका उनलाई कात्तिक १७ गते उपचारका लागि अस्पताल भर्ना गरिएपछि कोरोना पुष्टि भएको थियो ।

नोबेलमै सुनसरीको इनरुवाका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । उनको मृत्यु सोमबार बिहान ३ बजेतिर भएको दाहालले बताउनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १७ गते अस्पतालमा भर्ना गरिएका पुरुषमा सोही दिन पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।

त्यस्तै सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । कलेजका प्रबन्धक दाहालका अनुसार कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो ।
विराटनगरको विराट नर्सिङ होममा सुनसरीको इनरुवा–४ का ५७ वर्षीय पुरुषको आइतबार राति ८ः४० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रशासन प्रमुख पदम विनाडीका अनुसार कोरोना पुष्टि भएपछि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।

झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा बिहान ७ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक ९ गते अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
सोमबार बिहान मात्र उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेजमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि शनिबार अस्पताल भर्ना गरिएकी उनको बिहान ६ बजेतिर मृत्यु भएको हो ।

यसैगरी सुनसरीको धरानमा सोमबार कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । धरान १४ विजयपुरमा कोरोना संक्रमित महिला र मोरङको पथरीका पुरुषको मृत्यु भएको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताकाअनुसार शुक्रवार स्वाब लिइएको मृतक वृद्धाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । महिलालाई बीपीको इमरजेन्सीमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नआएपछि आइतबार घर लगिएको थियो । ६७ वर्षीया उनको घरमै मृत्यु भएको हो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएको दुई दिनपछि मोरङको पथरी–१ का ६५ वर्षीय पुरुषको सोमबार बिहान ९ बजे मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आषिश श्रेष्ठका अनुसार उच्च रक्तचाप र मधुमेहका दीर्घरोगी रहेका उनलाई कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसहित प्रतिष्ठानमा उपचाररत अवस्थामा मृत्यु भएका कोरोना संक्रमितको संख्या हालसम्म ९३ जना पुगेको छ भने धरानकै मात्र ६५ जनाको मृत्यु भएको छ ।

सोमबार समाचार तयार पार्दासम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या २५३ जना पुगेको छ । जसमध्ये २१ जना प्रदेश नम्बर २ स्थायी ठेगाना उल्लेख गराएका नागरिक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्