विराटनगरमा २४ घन्टा भित्र ९ जना संक्रमितको मृत्यु

<span class='c1'>विराटनगरमा २४ घन्टा भित्र</span> <span class='c2'>९ जना संक्रमितको मृत्यु</span>

विराटनगरका ३ वटा कोभिड अस्पतालमा भर्ना भएका ९ जना कोराना संक्रमितको मृत्यु भएको छ ।
कोरोना भाईरस संक्रमित भई अस्पतालमा भर्ना भएका संक्रमितको २४ घन्टाको अन्तराललमा यो संख्या अहिले सम्म कै सबैभन्दा उच्च हो ।
विराटनगरको नोवेल अस्पतालमा ५ जना , कोशी कोभिड उपचार केन्द्रमा ३ र न्युरो कोभिड उपचार केन्द्रमा १ जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।
विराटनगरको नोवेल अस्पतालमा सोमबार २ आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको नोवेल अस्पतालका प्रवन्धक निर्देशक नारायण दाहालले जानकारी दिए । हिजो मृत्यु हुनेहरुमा झापा गौरदह ५ का ५६ वर्षिय पुरुष र उदयपुर त्रियुगा नगरपालीका २१ वर्षिय पुरुषको ज्यान गएको दाहालले बताए ।
त्यसैगरी आज मृत्युहुनेहरु झापा हल्दिबारी ४ का ७० बर्षिय पुरुष, मोरङको रतुवामाई ९ का ७७ बर्षका पुरुष र तेह्थुम म्याङलुङ १० का ५७ बर्षका पुरुषको आज विहान ८ः ३० बजे ज्यान गएको अस्पतालले जनाएको छ ।
यसैगरी विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीको इटहरी–५ की ६९ बर्षिया वृद्धाको ७:२० मा मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । त्यस्तै विराटनगर–२ का ७२ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिडमै ज्यान गएको छ । बस्नेतका अनुसार वृद्धको मृत्यु मंगलबार विहान २ बजेतिर भएको हो । त्यस्तै विराटनगर १ का युवा पुरुषको पनि आज विहान नै मृत्यु भएको अस्पतालले जनाएको छ । गत कातिक १९ गते अस्पताललमा भर्ना भएका ३७ बर्षका पुरुषको आज विहान १० बजे मृत्यु भएको अस्तालले जनाएको छ । त्यसैगरी विराटनगरको न्यूरो कोभिड अस्पताललमा ५० बर्षिय पुरुषको ज्यान भएको छ । मोरङको कटहरी–२ का पुरुषको सोमबार राति ९:५० बजेतिर मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्