हत्या गरेर भागेका थिए, दश वर्षपछि पक्राउ

<span class='c1'>हत्या गरेर भागेका थिए,</span> <span class='c2'>दश वर्षपछि पक्राउ</span>

ताप्लेजुङ प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई दश वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका–१ का ३६ वर्षका विजु भनिने विजय तामाङ रहेका छन् ।

प्रहरीका अनुसार विजय सहित ८ जनाको समूहले २०६६ साल पुस २ गते २४ वर्षीय स्थानीय राजिन वनेमलाई वर्खान्तमा बोलाएर धारिलो हतियारले प्रहार गरी हत्या गरेका थिए । उनलाई जिल्ला अदालत ताप्लेजुङले २०७६ साल जेठ २६ गते दोषी ठहर गर्दै २० वर्ष कैद हुने फैसला गरेको थियो । घटना पश्चात विजय विदेशमा समेत बसेको र फर्किएर विभिन्न ठाउँमा लुकेर बसेको पाईएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्