चार्डपर्वमा बजार अनुगमनको सक्रियता, विराटनगरको २ वटा फमलाई कारबाही

<span class='c1'>चार्डपर्वमा बजार अनुगमनको सक्रियता, विराटनगरको</span> <span class='c2'>२ वटा फमलाई कारबाही</span>

प्रेम देवान
विराटनगर । पछिल्लो समय बजार अनुगमन नियामक निकायले विराटनगरमा बजार अनुगमनलाई तिव्रता दिएको छ । उपभोक्ताको गुनासो बढ्दै गएपछि संयुक्त बजार अनुगमन टोलिलेबुधबार विराटनगरमा एउटा सपिङ मल र टे«र्डसलाई कारबाही गरेको हो ।

तोकिएको मूल्यभन्दा दोब्बर मुनाफा राख्ने र खरिद गरेको बिल भौचर देखाउन नसकेपछि अनुगमन टोलिले कारबाही गरेको हो । अनुगमन टोलिले विराटनगर मेन रोडस्थित सेन्ट्रल मल भित्र रहेको सेन्ट्रल बजारको स्टोरमा अनुगमन गरेको छ । त्यसैगरी विराटनगर ७ मा रहेको श्रीकृष्ण टे«र्डसमा पनि बजार स्थलगत अनुगमन गरेको छ ।

बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, नेतृत्वको टोलिले सेन्ट«ल बजारलाई दुई लाख र श्रीकृष्ण टेर्डसलाई २० हजार जरिवना भराएको छ । तिहारमा बढी प्रयोग हुने भाइमसला लगायतको अन्य खाद्य सामाग्रीहरूको बढी मूल्य लिने गरेको जनगुनासो आएपछि अनुगमन गरिएको हो । सेल्ट्रल बजारमा १११ प्रतिशत सम्म बढी मुनाफा राखि विक्री गर्ने गरेको भेटिएको थियो ।

खरिद गरेको भन्दा दोब्बर बढी मूल्य राखेर उपभोक्तालाई काजु विक्री गरेको भेटिएपछि बजारलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ (१) ‘ख’ बमोजिम २ लाख रुपैयाँ जरिवना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा सेन्टर बजारले १ हजार १६८ रुपैयाँ प्रतिकेजी खरिद गरेको काजु २ हजार २५० रुपैयाँ प्रतिकेजी विक्री गरेको भेटिएपछि कारवाहीको दायरमा ल्याएको पोखरेलले बताउनुभयो ।

त्यसैगरी विराटनगर ७ मेनरोडमा रहेको श्रीकृष्ण टेर्डसले तिहारमा प्रयोग गरिने पोष्ता दानामा मिसावट गरेको भेटिएपछि अनुगमन टोलिले २० हजार रुपँैया जरिवाना भराएको छ । अनुगमनका क्रममा कृष्ण टेर्डसले कुनै खरिद तथा विक्री गरिएको विल देखाउन नसकेको खण्डमा उपभोत्ता संरक्षण ऐन २०७५ को दफा ३८ ‘घ’ बमोजिम कसुरको आधारमा दफा ३९ (१) ‘क’ अन्तर्गत २० हजार जरिवान गरिएको हो ।

तिहारमा प्रयोग गरिने पोष्ता दानामा सुजि मिसाएको जनगुनासो आएपछि अनुगमन गरिएको थियो । त्यस क्रममा २ हजार २५ सय प्रतिकेजी मूल्य पर्ने पोष्ता दानामा सुजि मिसाएको भेटिएको थियो । बढी मुनाफाका लागि मिसावट गरिएको पाइएपछि तत्कालको लागि पोष्ता दाना नियन्त्रणमा लिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका राजकुमार रिजालले जानकारी दिनुभयो ।

पोष्ता दानामा कहाँबाट सुचज मिसाइएको हो भनेर गनुमन गर्दै जादाँ कृष्ण टेर्डसले पनि ५ केजी मात्र पोष्ता दाना देखायो, रिजालले भन्नुभयो–त्यसपछि तत्काल जरिवाना भराएर बिक्रीका लागि राखिएको पोष्तादाना नियन्त्रणमा लिएका छौं ।
नियन्त्रणमा लिएको पोष्ताको नमूना परीक्षण गर्दा मिसावट भएको प्रमाणित भए खाद्य ऐन २०२३ नियवली २७ अनुसार अदालती कारबाही हुने रिजालले जानकारी दिनुभयो ।

संयुक्त बजार अनुगमन टोलिमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय मोरङ, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, विराटनगर महानगरपालिका अधिकारीसहित उपभोत्ता हित संरक्षण मोरङका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्