काठमाडाैं जाने सवारी धाेएर मात्रै पस्न पाउने, वास सेन्टर बन्दै

<span class='c1'>काठमाडाैं जाने सवारी धाेएर मात्रै</span> <span class='c2'>पस्न पाउने, वास सेन्टर बन्दै</span>

यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका बाहिरबाट उपत्यका भित्रने सवारी साधनलाई धोएरमात्रै भित्रिन दिन धुलाई केन्द्र (वास सेन्टर) सञ्चालन गर्ने योजना बनाएको छ। काठमाडौँ उपत्यकामा सवारी साधनले भित्र्याउने प्रदूषण कम गर्न धोएर मात्रै भित्र्याउनका लागि केन्द्र सञ्चालनको योजना बनाइएको हो।

यस आर्थिक वर्षको बजेटमा समावेश नगरिएको भएपनि विभागले केन्द्र सञ्चालनका लागि छलफल गरिरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए। उनका अनुसार गत आवमा सरकारको नीति तथा कार्यक्रम र बजेट दुवैमा केन्द्र सञ्चालनको विषय समावेश थियो। उनले भने, 'गत आवमा दुई करोड रुपैयाँ छुट्याइएको भएपनि हामीले खर्च गर्न सकेका थिएनौँ।'

सरकार आफैँले केन्द्र सञ्चालन गर्नेभन्दा पनि सरकारले अनुमति दिने र नियमन गर्ने गरी छलफल भइरहेको निर्देशक पौडेलले बताए। निजी क्षेत्रले सरकारले तोकिएअनुसार केन्द्र सञ्चालन गर्न सक्ने गरी छलफल भइरहेको छ। केन्द्र सञ्चालन गर्ने व्यक्तिले तोकिएको रकम लिएर सवारी साधन धुन सक्ने गरी छलफल भइरहेको उनले जानकारी दिए। त्यसका लागि आवश्यक मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउनेछ। उनले भने,'वास सेन्टर कसरी सञ्चालन गर्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौँ।'

केही दिन पहिले भौतिक पूर्वाधार मन्त्रालयको पहिलो त्रैमासिक समीक्षा बैठकमा विभागका महानिर्देशक गोगनबहादुर हमालले केन्द्र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको र मङ्सिरभित्रमा निर्णय गरिने बताए। केही वर्ष पहिलेदेखि नै काठमाडौँ उपत्यकामा प्रदूषण कम गर्न सवारी साधन धोएर मात्रै प्रवेश गराउनुपर्ने माग भइरहे पनि मन्त्रालयले निर्णय गरेको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्