मोरङमा देउसी खेल्न र छठ पुजाका लागि जलासयमा भेला नहुन प्रशासनको अनुरोध

मोरङमा देउसी खेल्न र छठ पुजाका लागि जलासयमा भेला नहुन प्रशासनको अनुरोध

विराटनगर । मोरङमा दिपावली र छठ पर्वमा हुने कुनैपनि साँस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले अनुरोध गरेको छ ।
दिपावली तथा छठ पुजाको नाममा भेलाजम्मा हुने पुजापाठ, भजन–किर्तन गर्ने जस्ता काम नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार सार्वजानिक अनुरोध गरेको हो ।

सार्वजानिक रुपमा यस्ता पर्व मनाउँदा कोरोना संक्रमणको जोखिम अझै बढ्न सक्नेतर्फ सचेत रहन प्रशासनले नागरिकसँग अनुरोध गरेको छ । जिल्लामा सातहजार ५०० सय संक्रमितमध्ये अझै चार हजार उपचाररतः रहेको र १४० जनाको मृत्यु समेत भईसकेको स्मरण गराउँदै प्रशासनले चाडपर्वका नाममा हुने भेला र जम्माले थप जोखिम निम्तिनसक्नेतर्फ सचेत गराएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काद्वारा जारी सार्वजानिक सूचनामा दिपावलीको देउसी तथा छठ पर्वमा विभिन्न जलासयमा भेला र भीडभाड नगरिदिन अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्