विराटनगर । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको पटाका नियन्त्रणमा लिएर प्रहरीले पानी खन्याएर नष्ट गरेको छ । दिपावली तथा छट पर्वमा पड्काउनका लागि अवैध रुपमा भित्र्याइको पटाका प्रहरीले नियन्त्रणपछि खाल्डोमा पुर्नु अगाडी पानी समेत खन्याएर नष्ट गरेको हो ।
नेपालमा प्रतिवन्धित बिष्पोटक पटकाहरु पक्राउपछि त्यसको नष्ट समेत विधि पु¥याएर गरिएको छ । प्रहरीले यस पटक नियन्त्रणमा लिइएको पटाका जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको छ । प्रहरीले पाँच बोरा पटका पक्राउ गरेको थियो । खुर्सानी पटका, झिरझिरे, चक्र, फुलझरि नष्ट गरिएको हो । शसस्त्र प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताउनुभयो ।