गाडिएकाे नवजात शिशुको उद्धार

<span class='c1'>गाडिएकाे नवजात</span> <span class='c2'>शिशुको उद्धार</span>

बोदे बरसाईन नगरपालिका–५ जाँजरस्थित खडक खोलामा गाडिएको अवस्थामा आज एक नवजात शिशु जिवित फेला परेको छ ।

टाउकोदेखि पेटसम्मको भाग बालुवामा गाडिएको अवस्थामा शिशु फेला परेको प्रहरीले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारका लागि शिशुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको छ । राजविराज अस्पतालले प्राथमिक उपचार पश्चात रेफर गरेपछि आज साँझ शिशुलाई उपचारार्थ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालको प्रहरी बिटका प्रहरी हवल्दार रामशङ्कर यादवले जानकारी दिनुभयो ।

स्थानीयले शिशुबारे जानकारी गराएसँगै घटनास्थल पुगेको प्रहरी टोलीले शिशुलाई बालुवाबाट निकाली उद्धार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अयोधिशरण यादवले जानकारी दिनुभयो । प्रहरी नायब निरीक्षक यादवले शिशु कसले फालेको भनेर अनुसन्धान भइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्