स्काउटको एसएमएस बाट ४० हजार लाभान्वित

<span class='c1'>स्काउटको एसएमएस बाट</span> <span class='c2'>४० हजार लाभान्वित</span>

विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगर र बेलबारीमा स्टकाउट सञ्चालन गरेको मास्क, सेनिटाइजर र सोसल डिस्टेन्सिङ्ग (एसएमएस) अभियानमा ४० हजार व्यक्ति लाभान्वित बनेका छन् । विराटनगरको जलजला चौक हुँदै हस्पिटल चौक, नयाँ गुद्री र बेलबारीमा संचालन गरिएको एस.एम.एस.अभियानमा ४० हजार लाभग्राही बनेका हुन् ।

महामारीको रुपमा फैलिएको कोभीड १९ बाट बच्न सचेतना मुलकसंगै स्वास्थ सामग्री वितरण अभियान सुरु गरिएको छ।
एसएमएस अभियानमार्फत स्काउटले सर्वसाधारणलाई मास्क वितरण संगै मास्क सहि तरिकाले लगाउने तथा लगाएको मास्क सहि तरिकाले डिस्पोज गर्ने तरिका सिकाइएको हो।

दशै अघि विराटनगरको पुस्पलाल चौक, तिनपैनी, हाटखोला, चाँदनि चौक लगायतको क्षेत्रमा सचेतना मुलक अभियानसंगै स्वास्थ सामग्री वितरण गरेको हौं र हालसम्म विराटनगर महानगरपालिका भित्र ३० हजारभन्दा बढी र बेलबारीमा करिब ३ हजार बढी निशुल्क मास्क वितरण गरिएको छ।

नेपाल स्काउटले अहिले देशभरी नै कोभीडबाट बच्न एसएमएस अभियान मार्फत सचेतना मुलक अभियान संगै स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ। आगनमै आएको तिहारको कारणले तत्काल स्थगित गरिएको एसएमएस अभियान तिहार लगतै पुनः संचालन गरिनेछ। अभियानमा करिब १५ स्काउटटरहरुको प्रत्यक्ष सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्