बिराटनगर-१२ शुक्रबारे हाट स्थितमा बस्ने २६ बर्षीय घनश्याम कामतको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।
हिजो राती पौने १० बजे को१८प ४८३१ नम्बरको मोटरसाईकल सोही एरिया स्थित भित्री सडकखण्डमा बिजुलीको पोलामा ठोकिएर दुर्घटना भएको थियो ।
दुर्घटनाबाट घाईते भएका मोटरसाईकल चालक घनश्यामको न्युरो अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सोही मोटरसाईकल पछाडी सवार रहेका २० बर्षीय राजेश कामत र ४ बर्षीया सोनु कामत समेत घाईते भएकोमा उनिहरुको उपचार भईरहेको छ ।