प्रदेश १ मा एक लाख ७८ हजारको पिसिआर परीक्षण, गण्डकीमा २०५ जना सङ्क्रमित थपिए

<span class='c1'>प्रदेश १ मा एक लाख ७८ हजारको</span> <span class='c2'>पिसिआर परीक्षण, गण्डकीमा २०५ जना सङ्क्रमित थपिए</span>

प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८५ जना करोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ४२६ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङ्क्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १८, सुनसरीमा २४, ताप्लेजुङमा सात, ते¥हथुम र धनकुटामा छ÷छ, झापामा पाँच, इलाममा चार, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन् । प्रदेशमा आज १५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १७ हजार ९३१ पुगेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा हालसम्म एक लाख ७८ हजार ५०५ जनाको पिसिआर परीक्षण भएको

गण्डकीमा २०५ जना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा आज २०५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार ४९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

आज थपिनेमा सबै भन्दा बढी कास्की जिल्लाका ११० जना छन् । त्यस्तै नवलपरासी(पूर्व)का ३६, मुस्ताङका १३, गोरखा र लम्जुङका १४÷१४ जना छन् भने बाग्लुङका नौजना, तनहुँका छजना र पर्वतका तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्