थारु संस्कृति झल्किने गीत ‘सुक्रातिके उमङ्ग’ सार्वजनिक

<span class='c1'>थारु संस्कृति झल्किने गीत</span> <span class='c2'>‘सुक्रातिके उमङ्ग’ सार्वजनिक</span>

नेपाल का आदिवासी थारुहरुको संस्कृति झल्किने थारु भाषाको गीत ‘सुक्रातिके उमङ्ग’ सार्वजनिक गरिएको छ ।

‘बगिया इन्टरटेन्मेन्ट’ युट्‍युब च्‍यानलमार्फत तिहार को अवसर पारेर थारु भाषामा सुक्राति (तिहार)को म्‍युजिक भिडियो सार्वजनिक भएको हो ।

देवकृष्ण विश्‍वास को शब्द रचना रहेको उक्त गीतमा देव कृष्ण स्वयमको पनि श्वर दिएका छन भने उनलाई प्रकाश माझी (थारु), काशिन चौधरी, वसन्ती चौधरी, बालकृष्ण थारु (कृषिश्ना), पुर्व क्षेत्रमा चर्चित थारु गायिका सुनिरा चौधरी र अनुमा चौधरी को पनि गायन रहेको छ ।

सुनसरीको पचिरा गाउँ जहाँ थारु हरुको बाहुलयता रहेको छ र थारु जीवन शैली सग परिचित उक्त गाउमा म्युजिक भिडियो लाई छायाकन गरिएको छ ।

थारु संस्कृति झल्किने उक्त म्‍युजिक भिडियोको मूख्‍य भूमिकामा बीएन चौधरी, काशिन चौधरी, गौरव चौधरी, रचना हजारी, सोनम चौधरी र मोनिका चौधरी देखिएका छन्।

स्थानिय थारु हरुको कला संस्कृति भाषा लाई जग्रेना गर्ने उदेश्य ले उक्त भिडियो तयार गरिएको थारु कला केन्द्रका अध्यक्ष देव कृष्ण बिश्वासले बताए।

त्यस्तै भिडियो मा मुख्य अभिनय गरेका प्रोफेसर तथा समाज सेवि र थारु कला केन्द्र का उपाध्यक्ष बि एन चौधरीका अनुसार ‘ आदिवासी थारुहरुको आफ्नै मौलिक संस्कृति र परम्परा जुन अहिले लोप हुँदै जान लागेको छ त्यसलाई जगेर्ना गर्न का लागि थारु ले मनाउने सुक्राति( तिहार) को गित सार्वजनिक गरिएको हो ।
यस अघि सिरुवा पर्व ,माघी ,होलि जस्ता थारु हरु को मुख्य पर्वमा विभिन्न प्रस्तुति मार्फत कला सस्कृती लाई जगेर्ना गर्न थारु कला केन्द्र लागेको चौधरीले आवर बिराटनगर लाइ बताए ।।

त्यस्तै थारु गायिका तथा सामाजिक अभियान्ता सुनिरा चौधरी का अनुसार थारु सामुदाय ले लक्ष्मी भित्र्याउने आफ्नै परमपरा रहेको त्यो साँझ खेत वा खुल्ला बाटोमा गएर हाकी -हुक्का खेल्‍ने चलन रहेको छ। साथै उक्त चलन अहिले लोप हुँदै गएकोमा यो म्‍युजिक भिडियोमा मार्फत थारु युवा पुस्तामा पुर्नजागरण भएर युवाहरुले निरन्तरता दिने बिश्वास उनले ब्यक्त गरिन ।

थारु कला केन्द्र थारु कला भाषा सस्कृती को जगेर्ना गर्न का लागि सक्रिय रहेको सस्था हो भने यसले समय समय मा थारु चाड हरु को बारे मा सबै लाई जानकारी गराउन र युवा पुस्ता लाई आफ्नो कला सस्कृती प्रती जागरुक बनाउन विभिन्न गतिबिधी संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्