सुदूरपश्चिमको सामाजिक विकासमन्त्रीमा कोरोना सङ्क्रमण

<span class='c1'>सुदूरपश्चिमको सामाजिक विकासमन्त्रीमा</span> <span class='c2'>कोरोना सङ्क्रमण</span>

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उहाँका स्वकीय सचिव लोकेन्द्र धामीले राससलाई जानकारी दिनुभयो ।

कोरोनाको सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बस्नुभएका मन्त्री सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको धामीले बताउनुभयो । यसअघि मन्त्री सुवेदीका अर्का स्वकीयसचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना सङ्क्रमण देखिएकोको थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह कोरोना सङ्क्रमित भई हाल काठमाडौँमा उपचाररत हुनुहुन्छ । गएको कात्तिक १५ गते उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँका स्वकीय सचिव जङ्गबहादुर विकले मन्त्री शाहको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्