विराटनगरमा स्व.महेन्द्र गोल्छाको सम्झना र समर्पण

<span class='c1'>विराटनगरमा स्व.महेन्द्र गोल्छाको</span> <span class='c2'>सम्झना र समर्पण</span>

विराटनगर । उद्योग संगठनका पूर्व अध्यक्ष्ँ स्व. महेन्द्र गोल्छाको ११ औं वार्षिक स्मृतिमा उद्योग संगठन मोरङले स्मरण गरेको छ ।
संगठनको हाता भित्र अवस्थित स्व. गोल्छाको शालिकमा उद्योग संगठन, मोरंङका अध्यक्ष भीम घिमिरे, पूर्व अध्यक्ष्ँ सुशिल धनावत, दिनेश गोल्छालगायत पदाधिकारी एवं संगठनका कार्यकरिणि समिति सदस्यहरुले पुष्पगुच्छा एवं माल्र्यापण गर्दै स्मरण गर्नु भएको हो ।

संगठनका अध्यक्ष घिमिरेले स्व. महेन्द्र गोल्छा असल अभिभावक र प्रेरणा दिने व्यत्तित्वको रुपमा भएको बताउँदै विचार र आदर्शलाई उच्च सम्मान दिनु पर्ने धारणा राख्नु भएको छ । औद्योगिक क्ष्ँेत्रका समस्या समाधानमा सदैव चिन्तनशिल स्व.गोल्छा आर्थिक विकासको सहयात्रीका रुपमा स्थापित व्यक्तित्व रहेको बताउँदै अहिले अभाव खड्किरहेको भन्दै योगदानको चर्चा समेत अध्यक्ष घिमिरेले गर्नु भएको थियो ।

स्व. गोल्छाको ११ स्मृतिमा विराटनगर अशोक चोक स्थित विराटेश्वर वृद्ध आश्रम रहनु भएका ५५ जना वृद्ध वृद्धाहरुका साथ सहभोजको समेत गरिएको थियो ।

कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष्ँ मुकेश उपाध्याय, पूर्व अध्यक्ष्ँ सुशिल धनावत, दिनेश गोल्छा, वरिष्ठ उपाध्यक्ष्ँ सुयष प्याकुरेल, उपाध्यक्ष्ँ राकेश सुराना, कोषाध्यक्ष्ँ नन्दकिशोर राठी, कार्यकारिणी समिति सदस्य सुरेन्द्र गोल्छा, सुवोध कोईराला, विपिन कावरा, ईन्द्र खत्री, विनोद पौडेललगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्