करणी गरेर फरार कटहरीका ठाकुर पक्राउ

<span class='c1'>करणी गरेर फरार</span> <span class='c2'>कटहरीका ठाकुर पक्राउ</span>

विराटनगर । महिलालाई जर्बरजस्ती करणी गरेर गत साउन १ गतेदेखि फरार रहेका जहदा–५ का बिशाल सोनार ठाकुर प्रहरी नियन्त्रणमा परेका छन् । ठाकुरले विराटनगर (५) सांकेतिक नाम गरेकी २३ वर्षीया किशोरीलाई जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो ।

साउन १ गते साँझ ६ बजेतिर कटहरी–३ खयरबना टोलको भित्री बाटोमा युवतीलाई ललाई फकाई प्रलोभनमा पारेर जवरजस्ती करणीपछि उनी फरार भएका थिए ।

फरार रहेको निज ठाकुरलाई १ नं. प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरी टोलीले मंगलबार रंगेलीबाट नियन्त्रणमा लिइएको थियो । उनलाई थप अनुसन्धानका लागि मोरङ प्रहरीमा बुझाइएको छ । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार उनी विरुद्ध थप अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्