उर्लाबारीको मदन भण्डारी अस्पताल व्यवस्थापन समितिमा पाँच जना सदस्य मनोनित

<span class='c1'>उर्लाबारीको मदन भण्डारी अस्पताल व्यवस्थापन</span> <span class='c2'>समितिमा पाँच जना सदस्य मनोनित</span>

विराटनगर । मोरंग उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समिति सदस्यमा ५ जनालाई मनोनित गरिएको छ ।

प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्यमा भिष्मकुमारी रेग्मी, मुक्तिनाथ न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, टिकाकुमारी भट्टराई, र विशाल आङदेम्वेलाई मनोनित गरेको सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मनोनित सदस्यहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विकास र विस्तारमा ध्यान दिन आग्रह गर्नुभयो ।

सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरित निर्णयले सदस्य मनोनित गरेको उहाँले बताउनुभयो । प्रदेश १ जनस्वास्थ्य ऐनमा सरकारी अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा व्यवस्थापन समिति गठन गर्ने व्यवस्था उल्लेख छ ।

व्यवस्थापन समितिमा संवन्धित स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालय प्रमुख, उद्योग बाणिज्य संघको प्रमुख, जिल्ला रेडक्रस सोसाईटीका प्रमुख पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्