टेम्के डाँडामा चिण्डो आकारको भ्यू टावर बन्ने

<span class='c1'>टेम्के डाँडामा चिण्डो आकारको</span> <span class='c2'>भ्यू टावर बन्ने</span>

भोजपुर र खोटाङको सीमानामा अवस्थित टेम्के डाँडामा भ्यु टावर निर्माण हुन् लागेको छ । टेम्के डाँडामा किराँत राईहरुको पहिचान जोडिएको चिण्डो आकारको भ्यू टावरको निर्माण हुन लागेको हो । तीन हजार १०० मिटर उचाइ रहेको टेम्के डाँडामा प्रदेश सरकारको रु. १३ करोड ६२ लाख ८१ हजार लागतमा भ्यू टावर निर्माण गर्न लागिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख मिलन आचार्यले जानकारी दिनुभयो । टेम्केडाँडाबाट तराईका फाँटसँगै सरगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्से लगायत ८ हजार मिटर अग्ला ६ ओटा, अन्य ३३ ओटा हिम शृङ्खलाको अवलोकन गर्न सकिन्छ । टावर कुन्सालिङ कन्ट्रक्सन भोजपुरले आगमी २०८२ सालसम्म सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ । टावर जमिनको सतहबाट २० मिटर अग्लो हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्