प्रबिन दाहाल काठमान्डौ
नयाँ संविधानको मस्यौदा लेखन आजबाट सुरु हुँदैछ । यससँगै संविधान निर्माण प्रक्रिया नयाँ चरणमा प्रवेश गर्नेछ । संघीयता सहितका विवादित विषयमा प्रमुख दलहरुबीच १६ बुँदे सहमति भएपछि संविधान निर्माण प्रक्रिया अघि बढेको हो । संविधानसभाले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदन सम्वाद समितिमा पठाइसकेको छ । संविधानसभाले मस्यौदा समितिलाई १५ दिनभित्र नयाँ संविधानको मस्यौदा तयार पार्न भनेको छ ।