झापामा ब्राउनसुगर र उदयपुरमा सालकको खबटासहित तीनजना पक्राउ

<span class='c1'>झापामा ब्राउनसुगर र उदयपुरमा</span> <span class='c2'>सालकको खबटासहित तीनजना पक्राउ</span>

विराटनगर । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दीवारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ११.०६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

बा ३८ प ३८८५ नम्बरको मोटरसाईकलमा सवार रहेका निजहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट उक्त परिणामको नियन्त्रीत लागुऔषध ब्राउनसुगर , नेपाली रुपैयाँ ८१ हजार १ सय, भारतिय रुपैयाँ १ सय १० रुपैयाँ र मोवायल २ थान बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ परेका छन् । नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले साउनेबाट गाईघाटतर्फ आउँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त अटोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खबटा बरामद गरेको हो । अटोबाट सालकको खबटा बरामद भएसंगै अटो चालक त्रियुगा नगरपालिका१४ का ४१ बर्षीय पहलमान कट्वाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्