भारतमा नशालु पदार्थ खुवाई घर फर्कदै गरेका नेपाली लुटिए

<span class='c1'>भारतमा नशालु पदार्थ खुवाई घर</span> <span class='c2'>फर्कदै गरेका नेपाली लुटिए</span>

नशालु पदार्थ खुवाई भारतको उत्तराखण्डको ऋषिकेशमा एक नेपालीलाई लुटिएको छ । सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले भारतीय रुपियाँ ८५ हजार लुटेर लगेका हुन् ।
भारतको रुदप्रयागमा दुई महिनाअघि मजदूरी गर्न गएका मगरलाई घर फर्कने क्रममा ऋषिकेशमा पुगेका बेला लुटिएपछि आज नेपालीको सहयोगमा गड्डाचौकी ल्याइएको छ । सशस्त्र प्रहरीले बेखर्ची मगरलाई फेला पारी खाना खुवाएको छ । मगरका परिवारजनसँग सम्पर्क गरी परिवार जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक पदम भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्