दुर्घटनाबाट दुई जनाको मृत्यु

दुर्घटनाबाट दुई जनाको मृत्यु

विराटनगर । मोरङ बेलबारी–७ बस्ने ३७ बर्षीय नविन पौडेलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बेलबारी–४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १–०२–०४२ प ४२१६ नम्बरको मोटरसाईकल र को ३९ प ३८०१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को ३९ प ३८०१ नम्बरको मोटरसाईकल चालक नविन पौडेल गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका पौडेलको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै मोटरसाईकलमा रहेका अन्य तिन जना समेत घाईते भएकोमा उनिहरुको उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी मोरङ पथरी शनिश्चरे–२ स्थित राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका पौने ७ बजे को १ ख ६८३१ नम्बरको बसले मे ८ प ६३७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक झापा मेची नगरपालिका ९ बस्ने ३२ बर्षीय मुकेश प्रसाद पौडेल गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका पौडेलको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने बस र चालक संजय साह नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्