५० बिघामा अवैध गाँजाखेती, प्रहरीद्वारा नष्ट

<span class='c1'>५० बिघामा अवैध</span> <span class='c2'>गाँजाखेती, प्रहरीद्वारा नष्ट</span>

चितनवनमा ५० बिघामा लगाएको अवैध गाँजाखेती नष्ट गरिएको छ । चितवन प्रहरीले राप्ती नगरपालिका–११ को डिटार, गाल्चन भन्ज्याङ, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्कीडाँडा, वडा नं १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं १३ को कालीटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोलालगायतका स्थानमा लगाएको अवैध गाँजा नष्ट गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई दिन लगाएर गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ५० बिघामा लगाइएको करिब ३६ लाख गाँजाको बोट नष्ट गरिएको छ । ती वडाका बस्तीमा स्थानीयवासीसँग जनचेतनामूलक अन्तक्र्रियासमेत सम्पन्न गरिएको प्रवक्ता थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्