उर्लाबारीमा जुवा तास खेल्ने ७ जना पक्राउ

<span class='c1'>उर्लाबारीमा जुवा तास खेल्ने</span> <span class='c2'>७ जना पक्राउ</span>

मोरङ । मोरङको उर्लावारी नगरपालिका–९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले उनीहरुालई पक्राउ गरेको हो ।

प्रहरीले ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका–९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका–८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लावारी नगरपालिका–३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका–५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेका छन् ।

पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्