नोबेलमा सुत्केरीको मृत्यु

<span class='c1'>नोबेलमा सुत्केरीको</span> <span class='c2'>मृत्यु</span>

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका १० घर भएकी २५ वर्षीया सुत्केरीको कोरोना संक्रमणका कारण बिहीबार राति मृत्यु भएको हो ।

नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार कात्तिक ३० गते संक्रमण पुष्टि भएको उनलाई घरमै आइसोलेसनमा राखिएको थियो । श्वास फेर्न समस्या भएपछि बुधबार नोबेलमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राख्दै उपचार गरिएपनि उनको मृत्यु भएको हो ।
मृतक १७ दिनकी सुत्केरी हुन् । उपचारको क्रममा मृगौलामा खराबी पाइएको र निमोनियाको पुरानै समस्या मृतकमा रहेको दाहालले जानकारी दिनुभयो ।

प्रसूति व्यथाले च्यापेपछि झापाको दमकस्थित आम्दा अस्पताल भर्ना गरिएकी महिलाको कात्तिक २५ गते प्रसुति शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत छोरी जन्माएपछि उनी सामान्य अवस्थामा घर फर्किएकी थिइन् ।
घर फर्किएएको चार दिनपछि श्वासप्रश्वासमा समस्या देखिएपछि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा भर्ना गरिएकी महिलामा कात्तिक ३० गते पीसीआर परीक्षण कोरोना संक्रमण देखिएको थियो । मृतक परिवारको अनुसार पिसिआर परीक्षण गर्दा पहिलो रिपोर्ट नेगेटिभ र १२ घण्टाभित्र दोस्रो रिपोर्ट पोजेटिभ आएको थियो ।

 

संक्रमणपछि ५ दिन विराटको आइसीयुमा भर्ना गरिएकी उनलाई स्वास्थ्य अवस्थामा सुधार भएपछि होम आइसोलेसनमा राख्नेगरी परिवारले घर लगेका थिए । तर, पुनः स्वास्थ्यमा समस्या देखिएर बोलीसमेत बन्द भएपछि उनलाई नोबेलमा भर्ना गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्