इटहरी । इटहरीका गाँउगाँउमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई बिकेन्द्रित गरिएको छ । अभियानका क्रममा इटहरीका २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना सुरु गरिएको हो ।
इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सवै वडामा गठित किशोरी साथी समूह, प्रतिरक्षा समूह र महिला संजालसँग वडा–वडामा अन्तरक्रिया गरिदै छ । इटहरीका वडाहरुमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सक्रिय छन् । यहि क्रममा शुक्रबार वडा नम्वर १९ र २० मा अन्तरक्रिया सम्पन्न भएको छ ।
वडामा लैगिंक हिंसाको अवस्था, चुनौती, साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य, समस्या लगायतका बिषयमा अन्तरक्रिया भएको छ । २० वटै वडामा अन्तरक्रिया गरेर त्यसैका आधारमा वार्षिक कार्ययोजना बनाइने उपप्रमुख गौतमले वताउनुभयो । खुल्ला ठाँउमा दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका सवै उपाय अवलम्वन गरेर कार्यक्रम गरिदै छ ।
१२ देखि २३ गते सम्म अन्तरक्रिया कार्यक्रम गरिने छ । अपांङ्गता भएकाहरु, बालवालिका र जेष्ठ नागरिकका लागि छुट्टाछुट्टै कार्यक्रमहरु तय गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा टोल टोलमा पुग्नेगरि ४० बढि कार्यक्रम आयोजना गरिने छन् ।
उपप्रमुख गौतमले भन्नुभयो “कोरोना छ भनेर चुप लागेर वस्नुहुदैन, धेरै जना भेला भएर ठूलो कार्यक्रम गर्न भएन, स–सना कार्यक्रम बनाएका छांै वडावडा टोलटोलमा गएर सानो सानो समूहमा कार्यक्रम गरिर अभियानलाई विगत वर्ष भन्दा अझ ब्यापक बनाउँदै छौ । अभियानका क्रममा न्यायिक समिति संयोजक उपमेयर गौतम, न्यायिक समिति सदस्यहरु, महिला सदस्यहरु, महिला संजाल सहित सबै वडाका टोल टोलमा पुगेर अन्तरक्रिया सुरु गरिएको हो ।