कानेपोखरीमा मस्जिद निर्माण

<span class='c1'>कानेपोखरीमा मस्जिद</span> <span class='c2'>निर्माण</span>

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ३ स्थित हरकपुरमा पहिलो पटक निर्माण भएको मुस्लिम धर्मावलम्बीहरुको धार्मिक संगमस्थल मस्जिद अल तकुवाको विधिवत उद्घाटन गरिएको छ । नवनिर्मित भवनको शनिबार नेपाली काङ्ग्रेस जिल्ला सभापति एवम संविधान सभा सदस्य डिगबहादुर लिम्बुले रिबन काटी उद्घाटन गर्नु भएको हो ।

साउदी अरबका नागरिक महमद अब्दुलको करिब १५ लाखको लगानीमा मस्जिद अल तकुवाको निर्माण भएको हो । निर्माण कार्य २०७६ कार्तिक महिनाबाट सुरु गरिएको मस्जिद निर्माणका लागि ठेक्का लिएका ठेकेदार महमद मुर्तजाले बताउनुभयो ।

वडा नम्बर ३ मा १० घर, २ मा ५ घर, ४ मा १ घर र वडा नम्बर १ मा ९ घर मुस्लिम समुदायको बसोबास रहेको छ । कानेपोखरी गाउँपालिकाभरीमै मुस्लिम समुदायको बसोबास ज्यादै न्युन रहेका कारणले पनि यस पालिकामा मस्जिद बन्न सकिरहेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्