चाडपर्व सुरक्षा अन्तर्गत मोरङका ४१३ स्थानमा प्रहरी ड्यूटी

<span class='c1'>चाडपर्व सुरक्षा अन्तर्गत मोरङका</span> <span class='c2'>४१३ स्थानमा प्रहरी ड्यूटी</span>

विराटनगर । चाडपर्व सुरक्षा केन्द्रीत गरी मोरङका ४१३ स्थानमा प्रहरी ड्यूटी तय गरिएको छ । जसमा कमाण्ड पोष्टको रुपमा जिल्ला प्रहरी कार्यालय मोरङदेखि पैदलगस्तीसम्म छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार आयोजना गरेको पत्रकार भेटघाट तथा छलफल कार्यक्रममा मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले १७ शिर्षकको ड्यूटी विवरण प्रस्तुत गर्दै एक हजार १५० जना प्रहरी चाडपर्व सुरक्षाका लागि परिचालन हुने जानकारी दिएका हुन् ।

प्रहरीको चाडपर्व सुरक्षा तयारी अन्तर्गत कमाण्ड पोष्ट, रिजर्भ फोर्स, क्यूआरटी एकएक हुनेछन् । त्यस बाहेक मोटरसाइकलमार्फत क्यूआरटी (क्विक रेस्पोन्स टीम) ७२ वटा परिचालन हुनेछन् । त्यसैगरी ड्यूटी चेकिङ्ग तथा व्यवस्थापन, मोवायल गस्ती १७, पिकेट चेकिङ ११३ रहने छन् । त्यसैगरी चोरी तथा तस्करी नियन्त्रणका लागि १८ टोलि परिचालन हुनेछ । जिल्लाभर १७ वटा टोलिले पैदल गस्ती गर्नेछ ।

यसैगरी विराटनगरमा सात वटा सिआरभी टोलि परिचालन हुनेछ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक कबित कटुबालका अनुसार जिल्लाभर १० स्थानमा यात्रु सहायता कक्षमार्फत नागरिक सहजीकरणको काम गरिनेछ । राजमार्ग तथा धार्मिक पर्यटक स्थलहरुको सुरक्षाका लागि ४० वटा टोलि परिचालन गरिनेछ । यसैगरी ट्राफिकसहित चेकिङको संयुक्त टोलि ५, बजार अनुगमन १, मादक पदार्थ चेकिङको लागि ५ स्थान, विशेष लामो दुरीको सवारी चेकिङमा पाँच र सादा पोशाकमा समेत एउटा टोलि परिचालन गरिने प्रहरी उपरीक्षक कटुबालले जानकारी दिएका छन् ।

चाडपर्व अवधीभर कसैलाई पनि असजिलो भएमा नजिकको प्रहरीमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ । यसैगरी सामाजिक शान्तिमा खलल पु¥याउने किसिमका कुनैपनि गतिविधि भएमा समेत प्रहरीमा खबर गरिदिन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्