उर्लाबारीका एकजनाको विराटनगरमा मृत्यु

<span class='c1'>उर्लाबारीका एकजनाको</span> <span class='c2'>विराटनगरमा मृत्यु</span>

विराटनगर । मोरङको उर्लाबारी घर भएका एकजना नागरिकको कोरोना भाइरस संक्रमणका कारण शनिबार राति विराटनगरमा मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबार उर्लाबारी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने, छात्ती दुख्ने लगायतका समस्या देखिएपछि मंसिर ४ गते पुरुषलाई अस्पताल भर्ना गरिएको थियो ।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भोलिपल्ट ५ गते रिपोर्ट पोजिटिभ आएको दाहालले बताए । कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका पुरुषको उपचारका क्रममा राति ११ बजेतिर ज्यान गएको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्