बसको ठक्करबाट घाईते मोटरसाइकल चालकको मृत्यु

<span class='c1'>बसको ठक्करबाट घाईते</span> <span class='c2'>मोटरसाइकल चालकको मृत्यु</span>

विराटनगर । मोरङको सुन्दर हरैचा ७ बस्ने ४० बर्षीय बिजेस लिम्बुको मोटरसाईकल दुर्घटनामा घाईते भई उपचारको क्रममा मृत्यु भएको छ ।
सुन्दरहरैचा नगरपालिका स्थित पूर्वपश्चिम लोकमार्गको सलकपुरमा बसले मोटरसाइकललाई ठक्कर दिई घाईते भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचार काक्रममा विराटनगरको नोबेल अस्पतालमा बिजेसको मृत्यु भएको हो ।

आईतबार बिहान ८ बजे सुन्दरहरैचा–८ सलकपुर स्थित राजमार्गमा प्रदेश नं. १–०१–००१ ख ३४१० नम्बरको बसले ठक्कर दिएको हो । ठक्कर दिने बस र चालक झापा कन्काई–१ का २९ बर्षीय बाबुलाल उराव नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्