प्रधानमन्त्री ओलीको टिकटकमा अकाउन्ट, पहिलो दिन नै भेरिफाइड

<span class='c1'>प्रधानमन्त्री ओलीको टिकटकमा अकाउन्ट,</span> <span class='c2'>पहिलो दिन नै भेरिफाइड</span>

प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट बनाउनु भएको छ । उहाँले आइतबार खोल्नु भएको अकाउन्ट भेरिफाइड भएको छ भने पहिलो भिडियो नै करिब २ लाख पटक हेरिइसकिएको छ । ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्टमा हालिएको उक्त पहिलो भिडियोमा सरकारले मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको बारेमा प्रधानमन्त्रिले जानकारी दिनु भएको छ । उहाँले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढेको भिडियोमा भन्नुभएको छ ।

यस अघि नै प्रधानमन्त्रि ओलीको उपस्थिति फेसबुक र ट्विटरमा थियो ।  पछिल्लो समय चर्चित र अत्याधिक प्रयोग हुँदै आएको भिडियो सेयरिङ सामाजिक संजाल टिकटकमा  सरकार प्रमुखको उपस्थिति हुनुलाई सकारात्मक कदमका रुपमा लिन सकिन्छ । प्रधानमन्त्रिको अकाउन्टको लिंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्