एक ट्याक्टर काठसहित पाँचजना पक्राउ

<span class='c1'>एक ट्याक्टर काठसहित</span> <span class='c2'>पाँचजना पक्राउ</span>

विराटनगर । इलाका प्रहरी कार्यालय उर्लावारी मोरङको प्रहरी टोलिले मिक्लाजुङ गाउँपालिका १ सुकेस्थित छेडी सामुदायिक नजिकबाट एक ट्याक्टर काठसहित पाँचजनालाई नियन्त्रणमा लिइएको छ । सामुदायिक छेडि वनदेखी उत्तरबाट दक्षिणतर्फ आईरहेको को १ त ८५५९ नम्बरको ट्रयाक्टरमा बिभिन्न जातको चिरान काठसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले ट्याक्टर र ट्याक्टरमा लोड भएको चिरान काठ सहित पक्राउ परेका पाँचैजनालाई थप कारवाहीका लागि सव डिभिजन वन कार्यालय मधुमल्लामा बुझाउने कार्य अगाडी बढाएको छ । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार मंगलबार बिहान १२ः४५ मा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले विशेष सूचनाका आधारमा उनीहरुलाई पछ्याउँदै गएर नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले मिक्लाजुङ १ सुगुरे बस्ने बर्ष ३६ का ईलाख राई (ट्याक्टरका मालिक, चालक), मान्द्रे बस्ने बर्ष १६ का तगिन राई, बर्ष १८ को दुम्से राई, बर्ष १९ को सबिन राई, बर्ष १६ को बिशाल राईलाई काठसहित नियन्त्रणमा लिइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्