विराटनगरको बालसुधार गृहमा प्रहरीको ज्यादती, हात चलाउनै नहुने गरि बालकमाथि कुटपिट

<span class='c1'>विराटनगरको बालसुधार गृहमा प्रहरीको ज्यादती, हात</span> <span class='c2'>चलाउनै नहुने गरि बालकमाथि कुटपिट</span>

विराटनगर । विराटनगर–३ स्थित बालसुधार गृहमा कैद भुक्तान गरिरहेका एकजना बालकलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । विराटनगर–१७ का एकजना बालकलाई सुधार गृहको सुरक्षामा बसेका प्रहरी जवान आमिर राई र सुधारगृहका चौकीदारले हलचल गर्न नहुने गरि कुटेका हुन् ।
जर्बरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गर्दै दुईवर्ष कैद सजाय सुनाएपछि ढेडवर्षदेखि बालक बालसुधार गृहमा कैद भुक्तान गरिरहेका थिए । त्यहाँ उनलाई सुधार गर्नका लागि पठाउने गरिएको भएपनि यातना दिएर बोल्नै नसक्ने अवस्थामा पु¥याइएको हो ।

उनलाई मुखमा कपडाको बुझो लगाएर पछिल्लो समय लगातार कुटपिट हुँदै आएको घटना अभिभावकसम्म पुगेपछि बिहीबार परिवारका सदस्यहरुले बालसुधार गृहमै पुगेर घटनाको विषयमा बुझेका थिए । त्यस क्रममा पीडितले आफ्ना कुरा राख्न सकेनन् । उनको दुवै हात उचाल्नै नसक्ने गरि थङ्थिलो बनाइएको छ ।
पछिल्लो दुईदिनमा उनलाई दुई पटक कुटपिट भईसकेको छ । दुई दिन अगाडी कुटपिट गरेको विषय हामीलाई जानकारीमा आयो, पीडितका बुबा मो.मोती मियाँले भन्नुभयो–घटनाको विषयमा बुझेपछि पुनः किन भनिस् भनेर मंगलबार रातभर कुटपिट गर्दै हात भाँचिदिएछन् ।

रातभर कुटपिट गरिएपछि बुधबार दिउँसो उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । पीडित परिवारले बुधबार दिउँसैदेखि आफ्नो छोराको ज्यान जोखिममा रहेको भन्दै विभिन्न सरोकारवाला निकायलाई भनेका थिए । कुटपिटका क्रममा मारेर ‘सुसाइड’ केस बनाईदिने प्रहरीले धम्की दिएको विषय बालकले परिवारलाई बुधबार दिउँसो फोनमार्फत सुनाएका हुन् ।
परीक्षणका क्रममा पीडितको हात भाँचिएको नदेखिएपनि कुटपिटको घटना भएको बालसुधार गृहका इन्चार्ज मिलन चौहानले बताउनुभयो । कुटपिट भएछ, त्यस विषयमा थप अनुसन्धान सुरु गरिएको छ । चौहानका अनुसार त्यहिं बस्नेमध्ये एकजना बालकका अभिभावकले खानामा लुकाएर सुर्तीजन्य वस्तु समेत भित्र पठाएको पाइएपछि त्यसै विषयलाई लिएर सुधारगृह भित्र विवाद उत्पन्न भएको हो ।
तर, यातना दिइएका बालकले सुर्तीजन्य वस्तु नखाने गरेको परिवारको दावी छ । पीडितले आफ्ना बाबु र आमालाई समेत बालसुधार गृह परिसरमा आफ्ना गुनासो राख्न भने सकेनन् । उनी भक्कानिए पनि आफूमाथि कुटपिट भएको कुरा गरे पुनः यातना सहनुपर्ने मानसिक दवावमा परेकोले यस्तो अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।

बालसुधार गृहको आसपास बसेका स्थानीयले प्रहरीले रातभर त्यहाँ राखिएका बालबालिकालाई मारपिट गर्ने गरेको दावी गरेका छन् । विभिन्न घटनामा अदालतको आदेश र फैसलाले थुना वा कैदमा राख्नुपर्ने अवस्थाका बालबिज्याँई गरेका बालबालिकालाई त्यहाँ राखिदै आएको छ । सुधार गृहका इन्चार्ज चौहानका अनुसार त्यहाँ अहिले १८० जना बालबालिका रहेका छन् । दातृ निकाय यूनिसेफको सहयोगमा सञ्चालित बालसुधार गृहमा बालबिज्याँई गरेका बालबालिकालाई सुधारका लागि राखिने भएपनि अहिले त्यो यातना गृह जस्तै बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्