अवैध सुर्ती उद्योगमा मोरङ प्रहरीको छापा, मालिकमध्ये एकजना जर्बरजस्ती करणी आरोपी

<span class='c1'>अवैध सुर्ती उद्योगमा मोरङ प्रहरीको छापा,</span> <span class='c2'>मालिकमध्ये एकजना जर्बरजस्ती करणी आरोपी</span>

विराटनगर । मोरङ प्रहरीले सुन्दरहरैंचा–१० त्रिवेणी चौकमा सञ्चालित अवैध खैनी उद्योगमा छापा मारेर ३१ बोरा सुर्ती तथा अन्य विभिन्न सामानसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । सुनसरी धरान–१३ का मुकेशकुमार अग्रवाल र भोजपुर पौवादुम्बा गाउँपालिका–६ का सुरेश तामाङले सञ्चालन गरेको उद्योगमा प्रहरीले छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उद्योगका सञ्चालकमध्ये मुकेशकुमार अग्रवाल र सुरेशलाई नियन्त्रणमा लिइएको छ । सञ्चालकमध्ये अग्रवाल विरुद्ध आफ्नै उद्योगमा कार्यरत महिलालाई गत असोज ५ गते जर्बरजस्ती करणी गरेको आरोपमा म्याद थप गरि अनुसन्धान थालिएको छ । उनी विरुद्ध मोरङ बेलबारीकी एक महिलाले जर्बरजस्ती करणी गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी हुन् । इलाका प्रहरी कार्यालय बेलबारीले अग्रवाल विरुद्ध त्यहि मुद्दामा अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

तामाङ र अग्रवालले राजश्व कर छलेर गोल्डेन टेम्पल नामको खैनी उद्योग सञ्चालन गरेको भन्दै धरान–१६ का मानबहादुर तामाङको उजुरीका आधारमा प्रहरीले छापा हानेको हो । मोरङ प्रहरीका प्रवक्ता राईका अनुसार मंसिर १७ गते प्राप्त सूचनाका आधारमा उद्योगमा छापा मारेर सरसामान, कच्चा पदार्थ, मेशिन समेत बरामद गरिएको छ ।
प्रहरीले १९ बोरा सुर्ती, १२ बोरा तयारी खैनी, स्ट्याम्प, लेटर प्याड, फोन डायरी, राजश्व कार्यालयका कागजपत्र, खैनी बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ र केमिकल, खैनी प्याकिङ गर्ने मेशिन, २ बोरा चुना बरामद गरेको छ । पक्राउ परेका तामाङ र बरामद गरिएको सामाग्री थप अनुसन्धान र कारवाहीका लागि आन्तरिक राजश्व कार्यालयमा बुझाउने प्रक्रिया भईरहेको प्रहरीले जनाएको छ । सञ्चालकमध्ये अग्रवाललाई बेलबारी प्रहरीले जर्बरजस्ती करणी आरोपमा अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्