पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै

<span class='c1'>पचहत्तर फिट अग्लो नेपाल</span> <span class='c2'>आमाको मूर्ति बन्दै</span>

भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ ।
मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग रु १० करोड ८१ लाखमा ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले मूर्तिको नमूना तयार गरी कार्य अगाडि बढाएको छ । निर्माण कम्पनीले नेपाल आमाको निर्माण हुने मूर्तिका तीन वटा नमूना तयार गरेको छ । काठमाडौँ बाट आउने विज्ञ टोलीले मूर्तिको नमूनाको अवलोकन, अध्ययन र विश्लेषण गरी तयार गरेको प्रतिवेदनका आधारमा मूर्तिका एउटा मूर्ति निर्माणका लागि छनोट गरिने महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामका सचिव बिर्खबहादुर मल्लले बताउनुभयो ।

उहाँका अनुसार मूर्तिको फाउन्डेसनमा बन्ने कमलको फूललगायतको संरचना निर्माणको कार्य निर्माण कम्पनीले पूरा गरेको छ । सम्झौता भएको साढे तीन वर्षभित्र मूर्ति निर्माण गर्नुपर्ने छ । बालसन्त जगद्गुरुले नेपाल पैदलयात्रा गरेर सङ्कलन गरेको रु दुई करोड, भीमदत्त नगरपालिकाले रु ५० लाख,प्रदेश सरकारको रु ५० लाख र सङ्घीय सरकारको रु ५० लाख मूर्ति निर्माणका लागि लगानी गरिएको छ ।

अष्टधातुबाट बनाइने नेपाल आमाको मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्ने र अहिले २२ टन मात्रै तामा रहेको छ । साढे तीन वर्षमा मूर्ति निर्माण हुने छ । निर्माण कम्पनीले भने दुई वर्ष नौ महिनामा मूर्ति निर्माण गरिसक्ने योजना बनाएको छ । मूर्ति निर्माणका लागि विभिन्न प्रकृतिका १२ हजार श्रमिक लाग्ने छन् ।

तीन रोपनी जग्गामा मूर्ति निर्माण गरिने छ । मूर्तिको दाँयाबाँया गाई र बाघको मूर्ति, नेपालको नक्सा, नेपालका राष्ट्रिय प्रतीक चिह्न र नेपालको सबै तीर्थको प्रतिनिधित्व हुने गरी सङ्ग्रहालयसमेत निर्माण गरिने छ । चार वर्षअघि जगद्गुरु मोहनशरण देवाचार्यले भम्केनी धामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउका लागि मौनव्रतदेखि नेपालभर पैदल भ्रमण गर्नुभएको थियो ।

जगद्गुरुले विसं २०७२ ५ वैशाख भम्केनीदेखि नेपाल आमाको मूर्ति निर्माणका लागि महाकालीदेखि मेचीसम्म पैदलयात्रा गर्नुभएको थियो । जगद्गुरुले महाकाली–मेची पैदल यात्राका दौरानमा रु एक करोड ८४ लाख ७२ हजार सङ्कलन गर्नुभएको थियो ।

स्थानीय खगेश्वर केसीले पौराणिक शक्तिपीठको रूपमा रहेको भम्केनीलाई विकसित गराउनका लागि चार वर्षदेखि स्थानीयवासी जागरुक भएको बताउनुभयो । उहाँले धार्मिक पर्यटकीय सम्भावना बोकेको भम्केनी ओझेलमा परेकाले विकासका लागि अनुष्ठान गरिएको बताउनुभयो । भम्केनी धाममा रहेका कुण्डमा भकभक गरेर पानी निस्कने भएकाले यसको नाम भम्केनी रहन गएको उहाँको भनाइ छ ।

धार्मिकजनका अनुसार पौराणिककालमा भम्केनीमा छ कुण्ड थिए । तीमध्ये पाँच पाण्डव र एक द्रौपदीको कुण्ड थियो । भीमले एक द्रौपदीका लागि नुहाउन कुण्ड बनाएको भम्केनी धामका अध्यक्ष कृष्णबहादुर सिंहले बताउनुभयो । अहिले पनि भम्केनीमा पौराणिक छ कुण्ड रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्