प्रदेश २मा सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्रीको निर्देशन

<span class='c1'>प्रदेश २मा सूचना प्रविधिको अधिकतम</span> <span class='c2'>प्रयोग गर्न मुख्यमन्त्रीको निर्देशन</span>

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

प्रादेशिक सुशासन केन्द्र जनकपुरको मुजेलियामा प्रदेश मातहतका कर्मचारीका लागि आयोजित सूचना सञ्चार प्रविधिसम्बन्धी क्षमता अभिवृद्धि तालीमको समापन समारोहमा उहाँले समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

कर्मचारीहरुका लागि अनुशासन आवश्यक रहेको जिकिर गर्नुहुँदै उहाँले कर्मचारीतन्त्रमा अनुशासन कायम नभएसम्म विकास र समृद्धिको परिकल्पनासमेत गर्न नसकिने स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमप्रसाद भुसालको अध्यक्षतामा भएको सो समारोहमा प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलले प्रदेशका कर्मचारीलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ तालीम आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता तालीमहरुलाई निरन्तरता दिने जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्