साना लगानीका मिडियाको प्रवद्र्धनका लागि प्रभावकारी नीति ल्याउन माग

<span class='c1'>साना लगानीका मिडियाको प्रवद्र्धनका लागि</span> <span class='c2'>प्रभावकारी नीति ल्याउन माग</span>

नेपालमा साना लगानीका मिडियाको प्रवद्र्धनका लागि सरकारले प्रभावकारी नीति ल्याउनुपर्ने आवश्यकतामाथि वक्ताहरुले जोड दिएका छन् ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको संयोजनमा आज हेटौँडामा आयोजित ‘पत्रकार आचारसंहिता र लैङ्गिक हिंसा निवारणमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले साना लगानीका मिडिया सङ्कटमा पर्न थालेकाले यसको प्रवद्र्धनका लागि सरकारले प्रभावकारी नीति ल्याउनुपर्नेमा जोड दिनुभएको हो ।

प्रेस काउन्सिल नेपालकी सदस्य सङ्गीता खड्काले सबै खाले मिडियाको प्रवद्र्धनमा काउन्सिलले सरकारका विभिन्न निकायमा पहलकदमी अघि बढाएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागार्इंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्