बालिकाको रहस्यमय मृत्यु

<span class='c1'>बालिकाको रहस्यमय</span> <span class='c2'>मृत्यु</span>

गत आइतबारदेखि बेपत्ता भएकी एक बालिका मंगलबार मृतावस्थामा भेटिएकी छन् । कालिका गाउँपालिका वडा नं १ राम्चे ग्राङ क्षेत्र, फैक्रिगाङ निवासी ६ वर्षीया सुमिना तामाङको शव राम्चे नजीक भीरको फेदस्थित ओढारमा मंगलबार फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज गिरीका अनुसार कक्षा १ मा अध्ययनरत बालिका यही मङ्सिर २१ गते बेलुका ग्राङ प्राथमिक विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी थिइन् । उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।
हराएको सूचना पाउनासाथ खोजतलासका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, अभिभावक र स्थानीय बासिन्दा खोजतलासमा जुटेका थिए । अपहरण गरी घटना गराएको आशङ्कामा एक महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्